मनोरञ्जन

उपासनाले प्रेम पत्र कसलाई काेर्न चाहन्छिन् ?

उपासनाले प्रेम पत्र कसलाई काेर्न चाहन्छिन् ?

कलाकारिता क्षेत्रमा सबै कलाकारहरुले सामाजिक संजालमा आफ्ना फाेटाे र भिडियाे सार्वजनिक गर्दै फ्यान बढाउने गर्छन् । कलाकारले आफ्नाे बारेमा सामाजिक संजालबाट हरेक दिन उनका फ्यानलाइ केहि गतिविधीको बारेमा जानकारी दिने गर्छन् ।

बलिउड देखि नेपाली चलचित्रका कलाकारहरु सामाजिक संजालमा निकै संक्रिय रहन्छन् । कलाकारहरुले, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गरिरहन्छन् । उनीहरुकाे स साना कुरा पनि चर्चाकाे बिषय बनाइदिन्छन् ।

त्यस्तै, नेपालमा निकै चर्चा कमाएकि र निकै लाेकप्रिय नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय छिन् । उनका तस्वीहरु दैनिकजसो सामाजिक संजालमा देखिन्छन् । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी यी सुन्दरी अहिले आफूलाई मेन्टेन पनि गरिरहेकी छिन् ।

उपासनाले केहि समय अघि सूर्यलाई प्रेम पत्र लेख्ने इच्छा व्यक्त गरेकी थिइन् । उनले, आफ्नो सूर्यलाई प्रेम पत्र लेख्ने चाहना पुरा भैदिए हुन्थ्यो भनेर सामाजिक संजालमा लेखेकी थिइन् ।

हुनत, उपासनाले सूर्यलाई किन प्रेम पत्र लेख्न चाहेकी हुन् यो उनले नै जान्ने कुरा हो । तर, यी नायिकाले आफ्नाे प्रेमकाे बारे केहि खुलाएकि छैनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७