खेलकुद

लियोनेल मेसी बने विश्वको सबैभन्दा बढी कमाउने फुटबलर

लियोनेल मेसी बने विश्वको सबैभन्दा बढी कमाउने फुटबलर

विश्वको सबैभन्दा बढी कमाउने फुटबलर हुन् लियोनेल मेसी । उनलाइ नचिन्ने सायद कमै मात्रमा हाेलान् । तर, उनकाे चर्चा बिश्वभर प्रसस्त रहेकाे छ ।

फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा मेसीले आफ्ना सदबहार प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

चर्चित फुटबलर मेसिकाे जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् । फोर्ब्सको यस सूचिको तेस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् ।

नेइमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापतको कमाई रहेको छ । यस्तै अरु फुटबलरहरु पनि अघि बढ्दै छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७