भिडियो समाचार

पाेखरामा भेटिइन् जादुमय स्वर भएकी युवती (भिडियोसहित)

पाेखरामा भेटिइन् जादुमय स्वर भएकी युवती (भिडियोसहित)

-अभिषेक कडेल
कास्कीको बाघमारा गाँउ समथर र सुन्दर छ । उक्त गाँउ बाघमारामा बस्ती बिस्तार भएको इतिहास धेरै लामो छैन। बाघमारामा धेरै मानिसहरु त्यहाँ घुम्न आउने गर्छन् । गाँउ-गाँउमा धेरै लुकेका प्रतिभाहरु छन्, तर ती प्रतिभा बाहिर निस्कन सकेका छैनन्

त्यस्तै हालै बाघमाराकाे एक १८ बर्षिया सरिता आचार्यकाे सुमधुर स्वर हिमालय दैनिकमार्फत बाहिरिएकाे छ । उनको निकै मिठो सुमुधुर स्वर छ ।

सरिताकाे बास्तविक कहानी सुन्दा मन रुन्छ । उनकाे परिवारमा बुवा आमा दाइ भाउजु र उनी छिन् । उनीलाइ आफ्नाे आर्थिक समस्याकाे कारण उनले आफ्नाे प्रतिभा बाहिर देखाउन सकेकि छैन् । उनकाे भनाइ अनुसार उनले आफ्नाे परिवारबाट भने जस्तो साथ पाएकी छैनन् ।

सानै उमेरबाट गीत गाउने सरिता अहिले बाघमारा गाँउमा गुमनाम छिन् । उनले हिमालय दैनिककाे कुराकानीमा आफ्नाे आर्थिक अबस्था कमजाेर रहेकाे र काेहि कसैले साथ र माया गरेर अघि बढाउन साथ दिनुहुन्छ भने अपेक्षा गरेकाे बताइन् ।

बाँकि भिडियाेमा हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७