समाचार

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

सुनकाे मुल्यकाे भर हुदैन् भने जस्तै भयाे । कहिले बढ्छ, कहिले घट्छ थाहा हुदैन् । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज तोलामा ६ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार

सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएकाे छ ।

आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि फेरि तोलामा २० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७