मुख्य समाचार

पर्वतमा बिजुलीको पोलबाट खसेर विद्युत प्राधिकरणका कर्मचारी शर्माको मृत्यु

पर्वतमा बिजुलीको पोलबाट खसेर विद्युत प्राधिकरणका कर्मचारी शर्माको मृत्यु

पोखरा- पर्वतमा बिजुलीको पोलबाट खसरे विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलजला ७ धाइरीङ (हाला बागलुङ नगरपालिका–१ रामरेखा) का भोलाराम शर्मा रहेका छन् ।

सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि काम गरिरहेका बेला उनी पोलबाट खसेका थिए । खसेर ढुंगामा बजारिएका उनलाई उपचारका लागि पर्वत अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । शर्मा नेपाल विद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए।

आइतबार रातीको अविरल वर्षापछि सदरमुकाम कुश्माका विभिन्न ठाउँमा विद्युतका पोल तथा तारमा क्षति पुगेको र सबै ठाउँको विद्युत मर्मत गरेपनि खरेहामा बत्ती नबलेपछि साँझ साढे ७ बजे उनी प्रसारण लाइन मर्मत गर्न पोलमा चढेका थिए। सोही समयमा घटना हुनग्यो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७