समाचार

हातहतियारसहित स्याङ्जाबाट २ जना पक्राउ

हातहतियारसहित स्याङ्जाबाट २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भिम बहादुर ठकुरी र पुतलीबजार–७ कै ओम बहादुर हमाल विभिन्न हातहितयारसहित पक्राउ परेका हुन् । हातहतियारसहित स्याङ्जा प्रहरीले २ जनालाई पक्राउ गरेको हाे ।

आइतबार दिउँसो पक्राउ परेका पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने ठकुरीको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक बरामद भएको छ ।

यस्तै उनको साथबाट बाह्रबोर बन्दुकको २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारे

ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।

यस्तै, पुतलीबजार नगरपालिका-७ मोहरिया बस्ने ओम बहादुर हमाललाई लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले हमालको साथबाट ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पटका जस्तो देखिने बस्तु, ८० थान केप र १२ थान छर्रा समेत बरामद गरिएको जानकारी दिएको छ ।

हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७