मुख्य समाचार

आज फेरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

आज फेरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

केहि समय अघि सुनकाे मुल्य बढेर एक लाख समेत नाघेकाे थियाे । तर आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको हो ।

प्रतितोला ९६ हजार ९०० रुपैयामा कारोबार

आइतबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९६ हजार ९०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । चाँड पर्वमा झनै सुन चाँदी लगाउने चलन रहेकाे छ, यसैक्रममा सुनकाे मुल्य अझै बढ्न सक्ने महासङ्घले बताएकाे छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७