मुख्य समाचार

रमाइलोका लागि अप हरणको नाटक गर्ने महिला प्रहरी फन्दामा

रमाइलोका लागि अप हरणको नाटक गर्ने महिला प्रहरी फन्दामा

काठमाडौं – अप हरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले नि यन्त्रणमा लिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरीलाई प्रहरीले प क्राउ गरेको हो ।

उनले काल्पनिक घ टना बनाएर आफू अपह रणमा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना केटालाई साथी बनाएको र झु टो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बा ध्यताले आफूले अप हरणको नाटक गरेको उनले बताएकी छन् ।

उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् । गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अप हरणमा परेको खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झु-टो भएको खुलेपछि प्रहरीले उनलाई नि यन्त्रणलाई लिएको हो । प्रारम्भिक अनुसन्धानमा ती महिलाले फेसबुकमा साथी बनाई रो मान्स गर्नका लागि नाटक गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७