मुख्य समाचार

पोखरा-बागलुङ सडक अवरुद्ध

पोखरा-बागलुङ सडक अवरुद्ध

पोखरा- अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भने बाहिरी जिल्लाबाट आएका सवारी साधनहरु नयाँपुलमा रोकिएका छन् ।

प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार सडक पन्छाएर खुलाउने प्रयास भइरहेको छ । ठूलो मात्रामा ढुङ्गा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७