विचित्र संसार

विश्वकै ठूलो नितम्ब भएकी मोडल, धेरै कुर्सी-बेड भाँचिएको खुलासा (भिडियो)

विश्वकै ठूलो नितम्ब भएकी मोडल, धेरै कुर्सी-बेड भाँचिएको खुलासा (भिडियो)

दुनियाँमा कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ । त कतिलाई आफ्नो हिप बढाउने शौख । आज हामी तपाइँलाई एकजना स्विडिस मोडेलको बारेमा बताउँदैछौँ जसको फिगर देख्दा तपाइँ छक्क पर्नुहुनेछ ।

नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन् ।

२७ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ । उनले नितम्ब बढाउनका लागि धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।

५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । लाखौँ फलोअर्स रहेका छन् ।

अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् । आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरै कुर्सी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७