प्रवास

दक्षिण कोरियामा २ जना नेपालीलाई कोरोना संक्रमण

दक्षिण कोरियामा २ जना नेपालीलाई कोरोना संक्रमण

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोनासङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागका अनुसार चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत २ नेपालीमा सङ्क्रमण पुष्टि भएको हो ।

कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना-सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्र-मण पुष्टि भएको हो ।

उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७