विचित्र संसार

यो हो विश्वकै महँगो भेडा, जसको मूल्य सुन्दै परिन्छ चकित !

यो हो विश्वकै महँगो भेडा, जसको मूल्य सुन्दै परिन्छ चकित !

एजेन्सी- हाले एक बिश्वकै महँगो भेडाले निकै चर्चा पाएको छ । उक्त महँगो भेडा स्टकल्याण्डको हो जुन भेडा बिहिबार बिक्रि भएको छ।

स्कटिस नेशनल टेक्सल प्रदर्शनीमा उक्त भेडा बिहिबार बिक्री भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले खबर छापेका छन् ।
उक्त भेडा ३ लाख ६७ हजार ५ सय पाउन्डमा बिक्री भएको हो।

यो भेडा विशेष र आर्कषक भएकाले धेरैको नजरमा परेको थियो। जसको ‘डबल डायमन्ड’ नाम रहेको बताइएको छ । टेक्सल सिप सोसाइटीका अनुसार यो अहिलेसम्मकै सर्वाधिक महंगो रकममा बिक्री भएको भेडा हो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७