मुख्य समाचार

कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन

कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुन: र्नियुक्ति नभएको बताएका छन्।

विहीवार सरकारका निर्णय सार्वजनिक गर्दै उनले घिसिङको दोस्रो कार्यकालका नियुक्ति नभएको बताए। उनले भने- ‘सामाजिक सञ्जालले नियुक्त दिएको होला, सरकारले दिएको छैन,’ ।

सरकारले घिसिङलाई पुन नियुक्त गरेको भन्दै केही सञ्चारमाध्यमले समाचारसमेत दिएका थिए भने सामाजिक सञ्जालमा बधाई र शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७