मनोरञ्जन

कार्टुन क्रुजकी आश्माका १८ सुन्दर तस्वीर

कार्टुन क्रुजकी आश्माका १८ सुन्दर तस्वीर

द कार्टुन क्रुजकी आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा चम्केकी छिन् । नेपाली चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’की एक मात्रै लेडी सदस्य आश्मा विश्वकर्मा नाचेरै चर्चित बनिन् । पछिल्लो समय उनको फ्यान फलोइङ हेर्ने हो भने कुनै चर्चित नायिकाको भन्दा कम छैनन् ।

डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट नपरेको उनको तर्क छ ।

कसैको पनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढी हेरिन्छ ? नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन । तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेकी नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की महिला पनि हुन् ।

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्माको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ । त्यही भिडियो ९ करोड नजिक भ्युअर पुगेको छ । आश्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् ।

आश्माको नृत्यको हजारौं फ्यान छन् । द कार्टुन क्रुजमा आवद्ध आश्मा ब्रेक डान्सर हुन् । म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ ।

आश्माका यी सुन्दर तस्वीर हेरौं:

याे पनि पढ्नुहाेस्ः
शेयर बजारमा उत्साहजनक कारोबार, नेप्सेमा २१ अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उल्लेख्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अंकले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सात दिन थप गरेको भएपनि बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । कुल १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० मा कारोबार भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेका छन् भने १० उपसमूहको शेयरमा भने वृद्धि भएको छ । व्यापार १.१३ र जीवन बीमा १७.९७ अंकले घटेको छ । बैंकिङ २२.९३, होटल ३.४, विकास बैंक २५.०४, जलविद्युत् ११.२५, वित्त १.२७, निर्जीवन बीमा ५१.६२, उत्पादन ७.३५, अन्य १७.२९, लघुवित्त ४१.१४ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३४ करोड ९२ लाख ५४ हजार ८२३ बराबरको कारोबार भएको छ ।

यस्तै, नेको इन्स्योरेन्स रु १३ करोड ७८ लाख ७७ हजार २४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५२ लाख १० हजार ४८३, एनआइसि एशिया बैंक रु १० करोड ४० लाख ९६ हजारर ७६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड २९ लाख ८५ हजार ७६४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।

नेपाल फाइनान्स कम्पनी ७.४७, नेपाल पुनरबीमा कम्पनी ५.९५, स्वाभिमान लघुवित्त ५.३५, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ५.०४ र प्रभु बैंकका लगानीकर्ताले ४.८० प्रतिशतले कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्स ९.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.९४, आँखु खोला जलविद्युत् कम्पनी ३.६४, अरुण काबेली हाइड्रोपावर ३.३१ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७