समाचार

अश्लिल भिडियो सेयर गर्दा मकाउमा ११ जना नेपाली पक्राउ

अश्लिल भिडियो सेयर गर्दा मकाउमा ११ जना नेपाली पक्राउ

मकाउमा ११ जना नेपालीले फेसबुकमा अश्लिल भिडियो सेयर गरेको आरोपमा ११ जना सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरिसकेकाे छ । इन्टरपोलले मकाउमा मे र जुलाईमा फेसबुकमा बच्चाको पो-र्न भिडियो सेयर गरेको भन्दै त्यहाँको प्रहरीलाई खबर गरेपछि प्रहरीले प्रकाउ गरेकाे हाे ।

स्थानीय टेलिभिजन डी मकाउका अनुसार दुई मिनेट २९ सेकेन्डको उक्त भिडियो नेपाली युवाहरुले फेसबुकमा सेयर गरे र त्यस भिडियोमा एक बालिकाले एक पुरुषसँग शारिरीक सम्पर्क राखेको देख्न सकिन्छ ।

उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको बताएका प्रहरीले जनाएको हो। सोमबार बिहान चार सुरक्षा कम्पनीहरूमा कार्यरत २१ देखि ३६ वर्षसम्मका ११ नेपाली सुरक्षा गार्डहरूलाई सोधपुछका लागि लगिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुको साथबाट ११ वटा स्मार्टफेन जफत गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये सात जनाले अपराध गरेको स्वीकार गरेका छन् । त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७