समाचार

‘द कपिल शर्मा शो’ बहिष्कारको माग, आलियासँग तर्किन थाले निर्माता

‘द कपिल शर्मा शो’ बहिष्कारको माग, आलियासँग तर्किन थाले निर्माता

सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् ।

फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत ह्याशट्याग एसएसआर नामक ग्रुपमा लेखे, ‘प्रिय सदस्य, द कपिल शर्मा शोलाई पूर्ण रुपमा बहिष्कार गरौं ।’

ग्रुपका अर्का सदस्यले लेखे, ‘प्रिय एसएसआर परिवार, कृपया ध्यान राख्नुहोस् कि ‘द कपिल शर्मा शो’ कार्यक्रमका सह–निर्माता सलमान खान हुन् । हामीले उनलाई उनको फिल्मको माध्यमले मात्रै नभई सबैतिरबाट, हरेक स्थानबाट उनलाई पूर्ण रुपमा बहिष्कार गर्नुपर्छ । अबदेखि ‘द कपिल शर्मा शो’ पूर्ण रुपमा बहिष्कृत ।’

हाल यो ग्रुपमा ९१ हजार सदस्य छन् । कमेडी शो बहिष्कार गर्ने आह्वानको समर्थन दिँदै थुप्रै सदस्यले पोस्टलाई लाइक, सेयर र कमेन्ट गरेका छन् ।

सलमान ती थुप्रै बलिउड हस्तीमध्ये एक हुन् जो सुशान्तको मृत्युपछि सुरु भएको नेपोटिजमको आलोचनाको सामना गरिरहेका छन् ।

आलिया भट्टसँग तर्किन थाले फिल्म निर्माता-

सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले भरिए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नपोटिजमका शि कार भएका छन् ।

ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ।

आलियासँग रिसाउनुको अर्को कारण यो पनि हो कि रिया चक्रवर्ती र आलियाका पिता महेश भट्ट एक–अर्कालाई राम्रोसँग चिन्छन् र रिया लगातार महेश भट्टसँग सल्लाह लिइरहन्छिन् । यी दुईको ह्वाट्सएप च्याट पनि निकै भाइरल भइरहेको छ ।

यतिबेला रियामाथि विभिन्न नका रात्मक टिप्पणी भइरहेको छ । तसर्थ महेश भट्टको आगामी फिल्म ‘सडक टु’ को ट्रेलरले युट्युबमा अत्याधिक डिस्लाइक पाएको छ जसमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।

उनलाई लिएर फिल्म बनाउने योजना बुनिरहेका निर्माता–निर्देशक पनि अब आफ्नो निर्णयमाथि नयाँ ढङ्गले विचार गरिरहेका छन् ।

आमा–बुवामार्फत् बलिउडमा प्रवेश भएका कलाकार र निर्देशकलाई बोयकट गर्ने कुरा लगातार उठिरहेका बेला करोडौं रकम जोखिममा नपार्न निर्माता–निर्देशकले विचार गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७