धर्म/ संस्कृति

साप्ताहिक राशिफलः भदौ १० देखि १७ गतेसम्म

साप्ताहिक राशिफलः भदौ १० देखि १७ गतेसम्म

२०७६ साल भदौ १० देखि १७ गतेसम्मको राशिफल

मेष

प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुने, खानपिनको कारणले स्वास्थ्यमा बा धा एवं पारीवारिक स्वास्थ्यमा समस्या आउने, साताको मध्य व्यवसायमा झू ठो-आरोपको सामना गर्नुपर्ने, साताको अन्त्यमा काममा प्रगति देखिनेछ ।

वृष

साताको शुरुमा घरायसी काममा व्यस्तता, जिम्मेवारी थपिने, ठूलाबडाको साथ मिल्ने, व्यापार व्यवसायमा आम्दानी हुने तथा सम्पतिको जोहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्नेछ । साताको अन्त्यमा हल्का समस्या देखिनेछ । यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।

मिथुन

धार्मिक एवं आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यावसायमा भने सामान्य आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । नयाँ लगानी एवं काममा को लागि योजना बन्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवं जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बा-धा पुग्नेछ ।

कर्कट

त नावले सताउने, आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुने, महिलासँग दु श्मनी बढ्ने एवं घरायसी झैझग-डा हुन सक्नेछ । साताको मध्यमा भने धनको सुख मिल्ने एवं भो-गविलासमा खर्च बढ्नेछ । साथीभाइले आर्थिक सहयोग गर्नेछन् । आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।

सिंह

अध्ययनमा अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामूहिक काम बन्नेछ । दिदीबहिनी एवं बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बा-धा आउने एवं आर्थिक रुपमा समस्या पर्ने तथा पारीवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा जग्गा जमिनको कारोबारबाट सन्तुष्टि मिल्नेछ ।

कन्या

धनसम्पत्तिको सहयोग मिल्ने एवं काममा फुर्सद मिल्नेछ । मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने, दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बा-धा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बा-धा पुग्नेछ ।

तुला

साथीभाइ भेटघाट बढ्ने एवंआफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गड-बडी एवं आफन्तसँगको कारोबारमा सामान्य वि वाद पर्न सक्नेछ ।

वृश्चिक

खर्च अधिक हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्ष-ति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमु टाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवं आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्नेछ । धनसम्पतिकाे वृद्धि हुने तथा लगानीमा सामान्य प्रतिफल आउनेछ ।

धनु

आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झ-न्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अ-ड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक सहयोगको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना हुनेछ ।

मकर

व्यवसायमा कमी हुनेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । कृषिमा राम्रो फाइदा हुनाले आर्थिक भार कम हुनेछ । सवारीसाधनको सुख मिल्ने तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ । आफन्त भेटघाट एवं यात्रामा झ-न्झट मिल्नेछ । पारीवारिक सहयोग मिल्नाले पुराना काम बन्नेछन् । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ । साताको अन्त्यमा त-नाव हुने एवं व्यक्तिगत काममा सामान्य झन्झट हुन सक्ने ।

कुम्भ

धार्मिक काममा व्यस्तता हुनेछ । परिवारको सुख मिल्ने एवं पारीवारिक सरसहयोग रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ । विदेशबाट फाइदा एवं आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ । खानपिन एवं सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।

मीन

साताको शुरुमा सामान्य स्वास्थ्य बा-धा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमु टाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं धार्मिक काममा खर्च हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय सुख मिल्ने एवं काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गड-बडी एवं सञ्चित धन खर्च हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७