स्वास्थ्य

मुला खाँदा शरीरमा हुन्छ यस्ता फाइदा

मुला खाँदा शरीरमा हुन्छ यस्ता फाइदा

मुला तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन । तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ । यसको पातसमेत तरकारी र गुन्द्रुक बनाएर खाने चलन छ ।

मुलाखानुको फाइदा :

– मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
– मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।
– भिटामिन सी र फोलिक एसिड पाइने भएकाले मुला मुटुलाई फाइदाजनक हुन्छ ।

– रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्तचाप सन्तुलित राख्दछ ।
– मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
– नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।

– मुलामा हुने भिटामिन सी, जिङ्क र फसफोरसले छाला सुख्खा हुनबाट नियन्त्रण गर्दछ ।
– मुलाको सेवनले राता रक्तकोषलाई मर्नबाट जोगाउँछ र रगतमा अक्सिजनको मात्रा भर्दछ ।
– मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।

– मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ ।
– मुलाको सेवनले एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्दछ ।
– नियमित मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७