मनोरञ्जन

राजेश हमालले ५ लाख सहयोग र ६ सय प्राविधिकको कोरोना बीमा गरिदिने

राजेश हमालले ५ लाख सहयोग र ६ सय प्राविधिकको कोरोना बीमा गरिदिने

पोखरा- अभिनेता राजेश हमालले कोरोना महामाारीका चपेटामा परेका प्राविधिकहरुको कोरोना-बीमा गरिदिने भएका छन् । उनले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय प्राविधिकको कोरोना-बीमा गर्ने भएका हुन् ।

यसै साता भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका संघका उपाध्यक्ष बिनोद लामाले बताए । नायक हमालको आग्रहबमोजिम नामावली तय गर्न संघले पदाधिकारीहरुको बैठक बोलाउने भएको छ । हमालले आर्थिक अवस्था कमजोर रहेका अन्य सय जना प्राविधिकहरुलाई प्रतिव्यक्ति ५/५ हजार सहयोग पनि गर्ने प्रतिवद्धता यसअघि नै बताइसकेका छन् ।

कोरोनामहामारीका कारण चलचित्र उद्योगका कुनै नहुँदा हजारौं प्राविधिकहरुको रोजगारी खोसिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७