मनोरञ्जन

यी हुन् सलमान खानकी ‘डुप्लिकेट’ ऐश्वर्या [फाेटाे फिचर]

यी हुन् सलमान खानकी ‘डुप्लिकेट’ ऐश्वर्या [फाेटाे फिचर]

बलिउड चर्चित अभिनेत्री ऐश्वर्या रायकाे चर्चा उनकाे सुन्दरताको कारणले गर्दा भएकाे हाे । जब उनको सुन्दरताको चर्चा चल्छ तब उनको नायकसँगको अफेयरको चर्चा हुने गर्छ । एश्वर्याकाे अभिषेकसँग बिवाह हुनुअघि बिवेक अोवराय र त्यसअघि सलमान खानसँग प्रेममा रह्याे ।

तर, सलमान खानसँगकाे प्रेमले अत्याधिक चर्चा पायो । बलिउडमा ऐश्वर्या राय र सलमान खानको प्रेम कहानी चर्चित र विवादित लभ स्टोरीमध्ये एक हो । उनीहरुको जति समय प्रेमसम्बन्ध रह्यो, त्यो प्रेम कहानीकाे अहिलेसम्म चर्चा भइरहेकाे छ ।

सलमान र एश्वर्याकाे बेक्रअप कसरी भयाे ?

सलमानले बारम्बार ऐश्वर्यामाथि हैकम जमाउन खोजेका कारण नै यी दुईको ब्रेकअप भएको थियो । अनि सलमान अलिक बढी कन्ट्रोल फ्रिक भएकाले पनि यो सम्बन्ध लामो समय नचलेको मानिन्छ । केही अन्तर्वार्ताहरुमा ऐश्वर्याले सलमानले आफूलाई सम्मान नगरेको आरोप पनि लगाएपछि यी दुईको सम्बन्ध टुटेकाे हाे । अन्तत ऐश्वर्याले अभिषेक बच्चनसँग बिवाह गरिन् ।

उत ऐश्वर्यासँगको ब्रेकअपबाट पागल बनेका सलमान खानले सन् २००५ मा ऐश्वर्याको रिसका कारण एक नयाँ अभिनेत्रीलाई बलिउडमा भित्राएका थिए । उनको नाम हो स्नेहा उलाल। उनि हेर्दा दुरूस्तै ऐश्वर्या जस्ती नै देखिन्थिन्। सुरूमा उनलाइ देखेर दर्शक पनि चकित परेक थिए ।

सलमानले उनलाइ फिल्म ‘लकी नो टाइम फर लभ’बाट डेब्यु गराएका हुन् । फिल्मले कुनै सफलता पाउन सकेन तर ऐश्वर्यासँग अनुहार मिलेकै कारण उनको चर्चा भने चल्यो। त्यसपछि स्नेहा सन् २०१४ मा एक तमिल फिल्ममा देखिईन्। स्नेहा पछिल्लो समय भने बलिउडबाट टाढा छिन् । उनि एउट गम्भीर रोगको कारण फिल्मी क्षेत्रबाट टाढा रहनु परेकाे बताइन् ।

उनका थप सुन्दर तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७