मुख्य समाचार

हरिवंशदेखि करिश्मासम्मले लेखे: ‘कुलमान घिसिङ फेरि चाहिन्छ’

हरिवंशदेखि करिश्मासम्मले लेखे: ‘कुलमान घिसिङ फेरि चाहिन्छ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । चार वर्षअघि जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’ हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् ।

घिसिङलाई नै नियुक्त गर्नुपर्ने आवाज उठिरहेका बेला नायिका करिश्मा मानन्धर पनि यो अभियानमा सामेल भएकी छन् । मंगलबार फेसबुकमा कुलमानसँगको तस्बिर राख्दै उनले लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ ।’ आफू र पति विनोश मानन्धरले कुलमानसँग खिचेको तस्बिर करिश्माले फेसबुकमा राखेकी छन् ।

गायक शिव परियारले पनि पुनः एकपटक कुलमान घिसिङले विद्युत प्राधिकरण हाकेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन्–‘म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु । अहिले देशलाई, अहिले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौं । आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ ।’

यस्तै, नायिका वर्षा राउतले कुलमानको तस्वीर पोष्ट गर्दै कलाकार हरिवंश आचार्यको पोष्ट शेयर गर्दै कुलमानको समर्थन गरेकी छिन् । सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्छ भन्ने आवाज उठिरहेको समयमा सेलिब्रिटीले समेत यसमा समर्थन जनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७