मनोरञ्जन

कुन राशि भएका व्यक्त्तिले कस्तो कपडा लगाउने, जान्नुहाेस्

कुन राशि भएका व्यक्त्तिले कस्तो कपडा लगाउने, जान्नुहाेस्

मेष: याे राशि भएका ब्यक्तिहरु बजारमा जे नयाँ फेशन आयो त्यसलाई लगाउन चाहने खालनका हुन्छन् । याे राशिका मान्छेलाइ चम्कीलो खालको रंग मन पर्छ । फिक्का तथा धमिला खालका रंग मेष राशिका मानिसलाई मन पर्दैन । मेष राशिकाले खास गरेर गुलाबी, रातो विशेष मन पराउँछन् ।

वृषः वृष राशि भएकाहरु फेसन भन्दा आरामदायी कपडा लगाउन मन पराउँछन् । यी राशिभएकाहरुको लागि कपडा नरम भएको चाहिन्छ । जसलाई लगाउन आराम होस्, चाहे त्यो फेसनमा होस् या नहोस् उनीहरुलाई फरक पर्दैन ।

मिथुन राशिः फेशनमा आएको होस् या नहोस् यी राशि भएकाहरुलाई त्यसको कुनै प्रवाह हुँदैन । यी राशि भएकाहरुलाई कपडा किनेर आफ्नो दराज भर्न पाए पुग्छ । उनीहरु आफूलाई सूट हुने कपडा लगाउन तयार हुन्छन् ।

यस राशि भएका ब्यक्ति बजार गएपछि कुनै पनि हालतमा खाली हात फर्कदैनन्, र किन्छन् पनि त्यस्तो कपडा जो त्यो पसल भरमा एक्स्ट्रा देखिन्छ ।

कर्कटः आफूले लगाउने कपडाको विषयमा कर्कट राशिका मानिस सम्बन्ध जस्तै संवेदनशील हुन्छन् । उनीहरु आफ्नो कपडा बारे धेरै गम्भीर हुन्छन् । उनीहरु आफूलाई राम्रो लागेका हरेक किसिमका कपडा किन्न खोज्ने खालका हुन्छन् ।

सिंहः सिंह राशि भएकाहरुलाई फेसन मन पर्छ । उनीहरु फेसन मात्र नभएर त्यसको क्लालिटीमा पनि विशेष हेक्का राख्छन् । उनीहरुले खोजेको त्यस्तो कपडा लगाएपछि आरामदायी पनि होस् । उनीहरु कपडामा आफू अरुभन्दा कमजोर नभइयोस् भन्ने ठान्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७