शिक्षा

स्मार्टफोनबाट राम्रो फोटो कसरी खिच्ने ? जान्नुहाेस् यी टिप्स्

स्मार्टफोनबाट राम्रो फोटो कसरी खिच्ने ? जान्नुहाेस् यी टिप्स्

पछिल्ला केही वर्षमा एकसे एक उत्कृष्ट स्मार्टफोन बजारमा आएका छन् । जसले गज्जबको फोटोग्राफीको काम गर्न सक्छन् । केहि फाेनले त डीएसएलआर पनि फोनको अगाडि सामान्य क्यामारा हुन पुग्छ । अहिलेको समयमा क्यामेरा भएको फोन लगभग सबैसँग हुन्छ ।

मानिसले आफ्नाे सुन्दरता बढाउनकाे थरिथरि याप्स् प्रयाेगमा ल्याएका छन् । तर, हामिले तल दिएका केही टिप्स् अपनाउने हो भने हामि पनि राम्राे फोटोग्राफी बन्ने स्तरमा पुग्न सकिन्छ ।

यस्ता छन् केही टिप्स्

सबैभन्दा पहिले फोटो शूट गर्नुभन्दा अगाडि सुती कपडाले आफ्नो फोनको क्यामेरा सफा गर्नुहोस् । लेन्स सफा नगर्दा फोटोहरु धमिलो हुन पुग्छन् । कतिपय पटक त हामी खाना खाइसकेपछि सोझै फोन समातिरहेका हुन्छौं । केही व्यक्तिहरु त झन् खाना खाइरहँदा समेत फोन चलाउन नछाड्ने बानीका हुन्छन् । यस्तोमा खानामा प्रयोग भएको तेलको छाप लागिरहेको हुन्छ । त्यसैले लेन्स सफा गर्नु तपाईंको पहिलो काम हुन्छ ।

कतिपय समय शूट गर्दा फोटो बर्न भइरहेको हुन्छ । यसका लागि मोबाइलमा फोटोको फ्रेम तयार हुनेबित्तिकै सबैभन्दा चहकिलो भागमा ट्याप गर्नुहोस् । यसबाट क्यामेरामा सन्तुलित एक्सपोजर तयार हुन्छ र राम्रो परिणाम निस्किन्छ । तपाईं डार्क वा ब्राइटमा गएर समेत एक्सपोजर मिलाउन सक्नुहुन्छ ।

आफ्ना साथीभाइ वा परिवारको फोटो खिच्दै हुनुहुन्छ भने कन्ट्रास्ट ब्याकग्राउण्डको प्रयोग गर्नुहोस् । यसबाट फोटोको गुणस्तर अझ सुध्रिनेछ । यदि आमनेसामने कन्ट्रास्ट छैन भने घुँडा टेकेर बस्नुहोस् । सकेसम्म अनुहार पछाडि आकाशको हिस्सा देखियोस् । यसको भिन्नता तपाईंले अवश्य पनि महसुस गर्नुहुनेछ ।

यदि आउटडोर वा घरबाहिर शूट गर्दै हुनुहुन्छ भने सूर्य तपाईंको (खिच्ने मान्छेको) पछाडिपट्टी हुन जरुरी छ । यसबाट अनुहार र वस्तुमा राम्रो प्रकाश पर्नेछ ।
त्यस्तै घर तथा भवनभित्र शूटिङ गर्दै हुनुहुन्छ भने प्रकाशको स्रोतको अवश्य ख्याल राख्नुहोस् । फ्रेममा लाइट सोर्स देखिनबाट जोगाउनुहोस् । यदि त्यसो गर्न सम्भव छैन भने छायादार इफेक्टको प्रयोग गर्नुहोस् ।

पोट्रेट मोड त्यतिखेर मात्र प्रयोग गर्नुहोस्, जब तपाईंको अगाडि केवल एउटा मात्र सब्जेक्ट (फोटो खिचिने व्यक्ति वा वस्तु) होस् । यदि साथमा थुप्रै व्यक्तिहरु हुनुहुन्छ भने यो मोड प्रयोग नगर्नुहोस् । किन भने यसबाट कसैको काँध वा रौं ब्लर हुन सक्छ । पोट्रेट मोड केवल फूल, जनावर वा यस्तै अरु चिजको फोटो खिच्नका लागि अझ बढी उपयुक्त हुन्छ ।

यसैगरी कुनै स्थिर वस्तुको भिडियो शूट गर्दै हुनुहुन्छ भने स्लो मोसनमा शूट गर्नुहोस् र यस्तोमा वस्तुतर्फ अगाडि बढ्नुहोस् । यसबाट थ्रीडी इफेक्ट समेत क्रियट गर्न सकिन्छ ।
शूटिङको दौरान ब्ल्याक तथा व्हाइट फ्रेम प्रयोग गर्नुहोस् । यसले कुनै पनि कलर फोटोग्राफलाई अझ राम्रो देखाइदिन सक्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७