Uncategorized

राजेश हमालले कोरोना प्रभावित चलचित्र प्राविधिकलाई ५ लाख सहयोग गर्दै

राजेश हमालले कोरोना प्रभावित चलचित्र प्राविधिकलाई ५ लाख सहयोग गर्दै

नेपाली चर्चित महानायक हुन् राजेश हमाल । केहि समय अघि उनकाे नाममा बि-वाद चलिरहेकाे थियाे । उक्त बिवाद भने अहिले सम्म सेलाएकाे छैन । त्यस्तै, नेपालमा कोरोनाभाइरसको सं क्रमण बढ्दै जाँदा दैनिक यापन गर्ने गाह्राे भएका धेरै मानिसहरु छन् ।

कोरोनाकै कारण धेरै मजदुरले काम समेत गुमाएका छन् । यस्ताे अवस्थामा खान पनिकाे समस्या भने कस्ले हेरेकाे छ ? बिचार ती पिडित कसरी घर खर्च चलाइरहेका छन् त ?

यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरुले आफुले सकेको सहयोग गरिरहेका छन् । यसैबीच महानायक राजेश हमालले पनि कोरोनाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् ।

राजेश हमालले चलचित्र प्राविधिकहरूलाई ५ लाख सहयोगको घोषणा गरेका छन् । उनले उक्त रकम दैनिक गुजारा चलाउन समस्या भएका सय जना प्राविधिकहरूलाई दिने बताइएको छ । यसअघि पनि अभिनेता तथा मोडल पल शाहले पनि सहयोगको पोको बोकेर कालिकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७