अन्तर्राष्ट्रिय

आकाशमै लामो समय बिताउने पाइलट जोडी (भिडियो)

आकाशमै लामो समय बिताउने पाइलट जोडी (भिडियो)

भारतकी चर्चित पाइलट हुन् ऋतु राठी । हरियानाकी निन्दाना गाउँकी ऋतीका १ भाइ छन् भने अरु ४ बहिनीहरु छन् । ऋतुको पढाई देखेर उनका बाबु आमाले ऋतुलाई पढाउने निर्णय गरे ।

अन्तत ऋतुले अमेरिकामा पाइलटको तालिम लिने मौका पाइन् र उनले अमेरिकाबाट तालिम सकेर भारतमा आइन् र ठूलो संघर्ष गरेर पढाई सकेपनि उनी लामो समय बेरोजगार जस्तै बनिन् ।

उनले पढाई र कामसँगसँगै लगिन् र अन्तत उनले विभिन्न एयरलायन्स कम्पनीमा काम गरे पनि तलव सन्तुष्ट थिएन । अन्तत उनले सैयौँ प्रतिस्पर्धीकाबिचमा इन्डियो एयरमा पाइलटका रुपमा जागीर पाइन् ।

ठूलो संघर्षकाबिचमा ऋतुले महिनामा लाखौँ रुपैयाँ पारिश्रमिक लिने विमान चालकका रुपमा परिचय बनाएसँगै उनले विबाह पनि पाइलट गौरव तनेजासँग गरिन् ।

हाल यो जोडीकी एक छोरी शिवांगी रहेकी छिन् । यो चर्चित जोडीले लामो समयको प्रेम रो-मान्सका बाबजुद विबाह गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७