समाचार

डेरावाल संक्रमितलाई घरबेटीले नै बनाइदिए आइसोलेसन

डेरावाल संक्रमितलाई घरबेटीले नै बनाइदिए आइसोलेसन

पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फैलिएको हुनाले मोरङको विराटनगरमा डेरा बस्नेलाई घरबेटीले घर छोड्न बाध्य बनाएको घटना अहिले सामान्य बिषय बनेकाे छ । तर एक घरबेटीले भने डेरावाल संक्रमितका लागि छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरिदिएका छन् । अहिले ती घरबेटि सामाजिक संजालमा निकै चर्चामा आएका छन् ।

विराटनगर महानगरपालिका– ३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरोना संक्रमितका लागि घरमै आइसोलेसन व्यवस्था गरिदिएका हुन् । ती घरबेटीले काेराेना संक्रमितलाइ बास दिएका हुनाले संक्रमितले भग्वान सरह मानेका छन् ।

‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’

एक साताअघि सुवेदीको घरमा भाडामा बस्ने एक जनालाई कोरोना संक्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण संक्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् ।

‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’ सुवेदीको दुई तल्ले घर छ । भुई तल्लामा संक्रमित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरिदिएका छन् ।

‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’

युवतीको परिवारलाई पनि छुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् । ‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’

संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘घरमा सतर्कता अपनाएका छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन । संक्रमितको अवस्था दिनमा एक पटक बुझ्छु ।’

संक्रमण पुष्टि भएका युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर ३ का ५७ वर्षका कोरोना संक्रमितको मृत्यु भएको थियो । संक्रमित युवती मृतक पुरुषका आफन्त हुन् । युवतीको आफन्तको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७