समाचार

छोराको जीवन बचाइदिन बाबुकाे आग्रह

छोराको जीवन बचाइदिन बाबुकाे आग्रह

साना–ठूला गरी १० पटक शल्यक्रिया गराएका तीनवर्षे बालकको ब्रेन–ट्युमर हटाउन बाबु श्रीधर कपालीआर्थिक रुपले स्रोत–साधनविहीन भएपछि सार्वजनिक रुपमा सहयोगको अापेक्षा गरेका छन् ।

‘डेढ वर्षअघि छोरा उठेर दुई–तीन पाइला हिड्न खोज्थ्यो, तर लडिहाल्थ्यो, मनमा लागेन कि कहिले मेरो छोरा विरामी छ, यति ठूलो बिरामीकि, मैले थेग्नै नसक्ने गरी होला भनेर । हामीलाई लाग्थ्यो कि सबै बच्चाहरु यस्तै होलान्, तर त्यसो भएन, उसलाई ब्रेन–ट्युमर भएको रहेछ’ काठमाडौंस्थित कालिमाटी निवासी श्रीधरले आँखाभरि आँसु पार्दै न्युज अफ नेपाललाई बताए ।

बिचार उ बाबुकाे मन कति राएकाे छ हाेला । कृपया हजुरहरुले सक्नुहुन्छ भने सहयाेग गरिदिनुहाेला । छाेराकाे जिबनकाे लागि सहयाेग अपेक्षा गरेर बसेका छन् ती बाबु ।

कालिमाटी जस्तो व्यापारिक महत्वको ठाउँमा बसोवास भए पनि श्रीधर सामान्य परिवारका व्यक्ति हुन् । तर, छोराको उपचार गराउँदा उनी घरबार विहीनको अवस्थामा पुग्दैछन् ।

‘सम्पत्ति सिद्धिदो रहेछ, तर आँखामा आँसु र मनको माया कहिल्यै सकिंदो रहेनछ’ विरामी छोरा विशिष्ट कपालीका बाबुले आँसु पुछे, गला अवरुद्ध बनाए । डेढ वर्ष अघि बालक विशिष्ट हिड्ने अनि लड्ने भएपछि अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल लगेर जचाएँ, अस्पतालमा जँचाएपछि थाहा भयो– ‘उनलाई ब्रेन–टुयुुमर रहेछ,’ श्रीधरले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७