मनोरञ्जन

२५ वर्षको करियरमा सफलता नमिल्दा आफैमाथि दया आउँथ्यो : बबी देओल

२५ वर्षको करियरमा सफलता नमिल्दा आफैमाथि दया आउँथ्यो : बबी देओल

बलिउड अभिनेता बबी देओलले ‘क्लास अफ ८३’ को माध्यमबाट ओटीटी प्ल्याटफर्ममा डेब्यू गरेका छन् । २१ अगस्तदेखि नेटफिल्क्समा उनको चलचित्र स्ट्रिम भइरहेको छ । बबीले बलिउडमा आफ्नो प्रतिभा अनुसार काम पाएनन् । यस्तोमा ओटीटी प्ल्याटफर्मले उनको करियरमा नयाँ आयाम थप्ने आशा गरिएको छ ।

२५ वर्ष बलिउडमा बिताइसकेका बबीले हालसम्म अपेक्षाअनुसार बलिउडमा आफ्नो स्थान बनाउन सकेका छैनन् । हालै मात्र एक अन्तरवार्तामा उनले आफ्नो करियरको उतार चढावबारे कुराकानी गरेका छन् ।

बबीले भनेका छन्, ‘जब तपाईंलाई आफूमाथि दया आउन थाल्छ, तपाईं आफू वरपरको दुनियाँलाई सराप्न थाल्नुहुन्छ । मसँग यो दुई–तीन वर्ष भयो । मलाई आफूमाथि दया लाग्न थालेको थियो । म सोच्न थालेको थिएँ कि कोही मसँग काम गर्न नै चाहँदैन । यही कारण म रक्सीको नशामा डुब्थे । तर, एक दिन जब मैले मेरो बच्चाहरुलाई हेरेँ मलाई मेरो गल्ती महसुस भयो ।’

‘उनीहरुको आँखामा हेरेर मलाई लाग्यो कि उनीहरु सोच्दैछन् मेरो बुवा त दिनभर घरमा मात्र बस्छन् । यो भाव मैले मेरो पत्नी र आमाको आँखामा पनि देखेँ । त्यसपछि मेरो भित्र केही कुरा बदलियो र मलाई लाग्यो कि अब यसरी हुँदैन, म अगाडि बढ्नुपर्छ । म अरुको भरोसामा बाँच्न सक्दिनँ र मैले एक्लै अघि बढ्नुपर्छ भन्ने सोचे । त्यसपछि मैले आफैमाथि काम गर्न थाले र पछिल्लो दुई–तीन वर्षदेखि म निकै व्यस्त छु ।’

चलचित्र धरम वीरबाट बालकलाकारका रुपमा बलिउडमा डेब्यु गरेका थिए बबिले । उक्त चलचित्र भने बबीले आफ्नो बुबा धर्मेन्द्रकाे थियाे । उनले हिरोका रुपमा बरसात चलचित्रबाट डेब्यु गरेका थिए । त्यसपछि उनी करीब, गुप्त, बिच्छु, चोर मचाए शोर लगायत चलचित्रमा देखिए, ती चलचित्र फ्लप रहे ।

बबीले धेरै बर्ष सम्म फिल्मा काम गर्न पाउने अपेक्षा राखेका थिए । तर भने उनकाे फिल्म कुनै पनि हिट नभएका कारणले उनलाइ अफर नमिलेकाे बताए । सन् २०१८ मा रेस ३ बाट उनले बलिउडमा पुनरागमन गरे । त्यसपछि उनी सन् २०१९ मा हाउसफुल ४ मा देखिएका थिए । क्लास अफ ८२ पछि बबी अर्को वेब सिरिज ‘आश्रम’मा पनि देखिनेछन् । यसमा उनी आध्यात्मिक गुरुको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७