समाचार

मध्यरातमा कपडा बोकेर प्रेमी भेट्न गएकी किशोरीकाे मृत

मध्यरातमा कपडा बोकेर प्रेमी भेट्न गएकी किशोरीकाे मृत

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरी भोलीपल्ट मृ’त फेला परेकी हुन् । एक वर्ष देखि प्रेम सम्बन्धमा रहेकी किशोरीलाई प्रेमीले बोलाएपछि मध्यरातमा केही कपडा समेत बोकेर भेट्न निस्केकी ती किशोरी मृत फेला परेकी छन् ।

गाउँकै १७ वर्षका सुमन काला मगरसंग १ वर्ष देखि प्रेममा रहेको किशोरकिा परिवारले बताए

प्रहरीले देहत्याग गरेको भन्दै अनुसन्धान अघि बढाउने निर्णय गरेकाे छ । आरोपमा इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गर्न पुगेका स्थानियले किशोरीले देह त्याग नगरेको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । गाउँकै १७ वर्षका सुमन काला मगरसंग अध्यन गर्दा गर्दै १ वर्ष देखि प्रेममा रहेको किशोरकिा परिवारले बताए ।

सुमनले साउन २२ गते राति ११ बजे एसएमएस गरेर करुणालाई भेट्न बोलाएको र करुणा केही कपडा समेत बोकेर गएको परिवारका सदस्यको भनाई छ । कपडा समेत बोकेर गएका कारण उनीहरु विवाह गर्ने योजनामा रहेको आफुहरुको शंका रहेको करुणाको आमाले बताइन् । भोलीपल्ट किशोरी नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

किशोरीको भित्री वस्त्र र चप्पल चौर नजिक भेटिएको, उनका लुगाका टुक्रा हरु ठाउँठाउँमा भेटिएका कारण परिवारले घटनामा अरुको पनि संलग्नता भएको हुनसक्ने भन्दै

प्रेमीले चौरमा भेट्न बोलाएर गएकी प्रेमिका जंगलमा मृत फेला परेपछि घटना रहस्यमयी बनेकाे हाे । परिवार र स्थानीयले घटनामा गाउँका अरु युवाको पनि संलग्नता रहेको दावी गरे । गाउँका केही युवाहरुले घटनाका विषयमा बोले ज्यान लिने भन्दै धम्की दिएको स्थानियको आरोप छ । उनीहरुले ति युवालाई पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

पक्राउ परेका सुमनले त्यो राती आफुहरुबीच शारीरिक सम्बन्ध भएको प्रहरी सामु स्वीकार गरेका छन् । किशोरीको भित्री वस्त्र र चप्पल चौर नजिक भेटिएको, उनका लुगाका टुक्रा हरु ठाउँठाउँमा भेटिएका कारण परिवारले घटनामा अरुको पनि संलग्नता भएको हुनसक्ने भन्दै अनुसन्धानको माग गरेका छन् ।

खाना खाने बेला सुमनसंगै मोबाइलमा कुरा गरेकी करुणा राति केही कपडा समेत लिएर गएकाले सुमनसँगै बिहे गर्न गएकी होला भन्ने ठानेको करुणकी आमा सम्झनाले बताइन्

किशोरीका परिवारका सदस्यले करुणको करणी पछि ज्यान लिइएको दावी गरेका छन् । खाना खाने बेला सुमनसंगै मोबाइलमा कुरा गरेकी करुणा राति केही कपडा समेत लिएर गएकाले सुमनसँगै बिहे गर्न गएकी होला भन्ने ठानेको करुणकी आमा सम्झनाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७