मनोरञ्जन

रुपा-कृष्णको जिन्दगीमा फर्किएको खुशी (फोटो फिचर)

रुपा-कृष्णको जिन्दगीमा फर्किएको खुशी (फोटो फिचर)

अहिले सामाजिक सञ्जालमा निकै चर्चा कमाएका र भाइरल बनेकाे जोडी हुन् रुपा र कृष्ण वली । यी जाेडिको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणादायिक बनेकाे छ ।

कलियुगका लागि शिव र पार्वति चनेर चिनिएकाे याे जाडि हुन् रुपा र कृष्ण । उनीहरुकाे बास्तविक कथाले भने जाे काेहिलाइ रुवाउछ। तर उनीहरुले गरेकाे संघर्षले मानिसलाइ जित्न सिकाउछ । कृष्णलाई निकै अप्ठेरो अवस्थामा रुपाले भग्वानले दिने भन्दा बढी साथ दिएकी छन् ।

उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास,पूर्ण तरिकाले बिताएका छन् । कृष्णले अाफ्नाे जीवनमा रूपालाइ पाउदा उनी मात्र नभय उनकाे परिवार सहित खुशि छन् ।

दुर्घटना मा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन ।

सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् । ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् । यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ ।

हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । जिवनमा आएको एउटा ठूलो विपत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्निवजक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७