मनोरञ्जन

रातो साडीमा आँचल शर्माको खुलेको सुन्दरता [तस्वीरसहित]

रातो साडीमा आँचल शर्माको खुलेको सुन्दरता [तस्वीरसहित]

सुन्दरी नायिका आँचल शर्माले ऋषि पञ्जमी पूजा गरेकी छन् । उनले ऋषि पञ्जमी पूजा गरेका तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् ।

आज सेयर गरेका तस्विरमा उनी हसिलो मुद्रमा देखा परेकी छन् । रातो साडीमा सजिएकी उनले उनी निकै साधारण अवतारमा देखिएकी छन् । उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेर ‘ऋषि पञ्चमी ’ लेखेकी छन् । उनले गत फागुनमा डाक्टर अदिप श्रेष्ठसँग विवाह गरेकी थिइन्।

बिहे अगाडि ब्रत किन बस्ने भन्ने मेरो सोच थियो । तर, बिहे गरेपछि आफ्नो श्रीमान्का लागि एकदिन निरहार ब्रत बस्दा के हुन्छ र भन्ने लाग्दो रहेछ ।

बिहेअगाडि आँचललाई चिया मात्र पकाउन आउथ्यो । तर, खाना पकाउने कुरामा उनले कहिल्यै रुची देखाइनन् । तर, बिहेपछि भने माइती आउँदा पनि उनी आफै पकाउन तम्सिन्छिन् । आँचललाई घरको न्यास्रो लाग्न थालेको छ । तिजका लागि ३–४ दिनदेखि माइतीमा रहेकी आँचल घर जान आफूलाई हतार भएको बताउँछिन् ।

बिहे भएपछि आँचल आफूमा परिपक्कता बढेको बताउँछिन् । उनले भनिन्–‘बिहे अगाडि ब्रत किन बस्ने भन्ने मेरो सोच थियो । तर, बिहे गरेपछि आफ्नो श्रीमान्का लागि एकदिन निरहार ब्रत बस्दा के हुन्छ र भन्ने लाग्दो रहेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७