प्रवास

बुवाको दुबईमा मृत्युः नेपालमा डेढ महिनाकी छोरी आइसीयुमा

बुवाको दुबईमा मृत्युः नेपालमा डेढ महिनाकी छोरी आइसीयुमा

यूएईको दुबईमा एक नेपालीको करेन्ट लागेर ज्यान गएको छ । यहीबेलामा यता नेपालमा रहेकी उनकी डेढ महिनाकी छोरीलाई आइसीयुमा राखिएको छ ।

दुबईमा कार्यरत रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्णबहादुर खड्काको काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । कामका लागि ६ महिना पहिले दुबई पुगेका कृष्णबहादुरको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा करेन्ट लागेर ज्यान गएको दूतावासले जनाएको छ ।

कृष्णबहादुरको घरमा सुत्केरी श्रीमती छन् । ५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था नाजुक भएकाले बुटवलको आम्दा अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ ।

उनका नजिकका आफन्तले भने- सुकुम्बासी बस्तीमा झुपडी छ, सुत्केरी बुहारीले बिरामी नानीको के गर्लिन,’ । कृष्णबहादुरको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण पाल्पाबाट बसाईँ सरेर बुटवलमा सुकुम्बासी बस्तीमा बसेको छ ।

कृष्णबहादुरको श व नेपालसम्म कम्पनीले पठाउने भएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दूतावाससँगको समन्वयमा कम्पनीले श व घर पठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७