समाचार

श्रीमानले माया गर्छन्, झगडा गर्दैनन् भन्दै सम्बन्धविच्छेद गर्न खाेजेपछि…

श्रीमानले माया गर्छन्, झगडा गर्दैनन् भन्दै सम्बन्धविच्छेद गर्न खाेजेपछि…

श्रीमान श्रीमतीबीच माया प्रेम मनमुटाव हुनु भनेकाे सामान्य बिषय नै हाे । तर कुनैकुनै श्रीमान श्रीमतीकाे भने सम्बन्धविच्छेद गरेका घटना हरु सामाजिक संजालमा छर्पस्ट भेटिने गरेका छन् । तर हालै यस्ताे घटना बाहिरिएकाे छ कि श्रीमान वा श्रीमतीले धेरै माया गरेका कारण सम्बन्धविच्छेदको माग गरिएको छ ।

याे घटना भारतको उत्तर प्रदेशको संभल जिल्लामा भएको छ । यहाँको सरायतरीनमा बिहे भएको १८ महिना बितिसक्दा पनि श्रीमानसँग कुनै पनि कुरामा झगडा नभएपछि श्रीमतीले सम्बन्धविच्छेदको माग गर्नु परेकाे बताएकि छिन् । श्रीमानले धेरै माया गरेका कारण श्रीमतीले सम्बन्धविच्छेद मागेपछि यस घटना सामाजिक संजालमा चर्चाकाे बिषय बनेकाे छ ।

भारतकाे एक रिपोर्टअनुसार श्रीमतीले अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन् । अदालतले उनकाे सबै कुरा सुनिसकेपछि श्रीमतीको सम्बन्धविच्छेदको निवेदन खारेज गरिदिएको हाे ।

अदालतले निवेदन खारेज गरिदिएपछि यो विषय टोलको पञ्चायतमा पुग्यो । यस बिषयमा भने दिनभर छलफल भए पनि यस भएकाे थियाे तर अहिले सम्म भने कुनै समाधान निस्किएको छैन । यस घटनाकाे बास्तविक भने श्रीमानले आफू राम्रो श्रमिान बन्न चाहेको बताएका छन् । श्रीमतीले भने यति धेरै मायाले आफूलाई असहज महसुस भएको कारण सम्बन्ध बिधेद गर्न चाहेकाे बताएकि छिन् । सांकितिक तस्विरः गुगल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७