मनोरञ्जन

पल्सर २२० अब मासिक ९ हजार किस्तामा लिन सकिने

पल्सर २२० अब मासिक ९ हजार किस्तामा लिन सकिने

नेपाली बजारमा चर्चित र सफल मोटरसाइकल हो बजाज पल्सर २२० एफ । कम्पनीले ल्याएकाे नयाँ अफरमा मासिक ९ हजार ४२७ रुपैयाँ किस्तादेखि नै किन्न सकिन्छ । पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ ।

यी तीन वटै कुरा युवाहरुको रोजाईमा पर्ने भएकाले पल्सर २२० नेपालमा सफल भएको हो । पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् । हंशराज हुलास चन्द एण्ड कम्पनीले केही समय अघि बजारमा एबीएससहितको पल्सर २२० एफ ल्याएको थियो । एबीएस सहितको पल्सर २२० लकडाउन सुरु हुनु केही दिनअघि मात्रै नेपाल बाहिरिएकाे हाे ।

यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ

सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ । नेपाली बजारमा एबीएस भर्सनको मूल्य ३ लाख ३२ हजार ९०० रहेको छ ।

यो मूल्यको ४० प्रतिशतले हुन आउने १ लाख २८ हजार ३६० रुपैयाँ ग्राहकले सुरुमा डाउन पेमेन्ट गर्नु पर्ने

नगद छुट– ग्राहकले पहिला जस्तै ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा नगद १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । छुटपछिको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँ हुन्छ ।

यो मूल्यको ४० प्रतिशतले हुन आउने १ लाख २८ हजार ३६० रुपैयाँ ग्राहकले सुरुमा डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकमको १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । यसमा ग्राहकले इन्स्योरेन्स र फाइनान्स चार्ज सुरुमै तिर्नु पर्ने हुन्छ । यसको मासिक किस्ता बारे बुझ्नका लागि यहाँ क्लिक गनुहोस् ।

२० प्रतिशत डाउन पेमेन्ट– यो योजना अन्तर्गत न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट गरेर पल्सर २२० एफ एबीएस खरिद गर्न सकिने छ । ६६ हजार ५८० रुपैयाँ बुझाएर २२० एफ किन्दा बाँकी रकम २ बर्ष भित्र बुझाउनु पर्ने हुन्छ । यस योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने छ । यो योजनामा २२० एफ खरिद गर्दा लाग्ने मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

शून्य प्रतिशत व्याजदर– बजाजले अफर गरेको अर्को योजना हो शून्य प्रतिशत व्याजदर । यो स्किममा मोटरसाइकल खरिदगर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

५० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले १ लाख ६६ हजार ४५० रुपैयाँ सुरुमा बुझाउनु पर्नेछ । बाँकी रकम एक वर्षमा चुक्ता गरिसक्नु पर्ने हुन्छ । कर्जा वापतको रकममा कुनै व्याज लाग्ने छैन । यसको मासिक किस्ता बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

याे खबर हामिले मेराे अटाे बाट साभार गरेका हाैँ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७