प्रवास

बेलायतको समुद्रमा फसेका नेपालीको यसरी गरियो फिल्मी शैलीमा उद्धार (भिडियोसहित)

बेलायतको समुद्रमा फसेका नेपालीको यसरी गरियो फिल्मी शैलीमा उद्धार (भिडियोसहित)

एजेन्सी। बेलायतमा समुद्रको छालमा फसेका एक नेपालीको निकै कठिनका साथ उद्धार भएको छ । उनको उद्धारको कथा कुनै फिल्मको कथा जस्तै छ ।

डेलीमेलले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै छालमा फ सेका व्यक्ति नेपाली भएको भनेको छ तर उनको पहिचान खुलाइएको छैन ।

इङल्याण्डको जुरासिक कोस्टमा रहेको डर्डल डोरमा एक नेपाली समुद्रको छालमा फ सेका थिए । उनलाई त्यहाँ समुद्र किनारमा गएका पर्यटकहरुले मानव साङलो बनाएर उद्धार गरेका हुन्।

समुद्र किनारको डोरसेट ल्याण्डमार्क नजिकै ती युवा पौडी खेलिरहेका थिए । अचानक त्यहाँ समुद्रको छाल आयो र उनले संघर्ष गर्न थाले । उनी पौडिएर बाहिर आउन प्रयास गरे तर असफल भइरहेका थिए । र छालसंग संघर्ष गर्न नसकेपछि उनले सहयोगको लागि चिच्याउन थाले ।

उनले सहयोग मागेपछि समुद्र किनारमा घुम्न गएका करिब ३० जना पर्यटकले एक अर्काको हात समाएर मानवसाङलो बनाए । ती युवाको नजिकै पुगेपछि बडीबोर्ड र लाइफगार्ड डोरी फ्याँकेर उनको उद्धार गरे ।

एक प्रत्यक्षदर्शी जिनेट वारेनलेका अनुसार ‘सुरुमा केही समय उनी आत्मविश्वासका साथ पौडिइरहेका थिए तर केही समयपछि एउटा ठूलो छाल आयो र उनलाई हुत्याइदियो ।’ ।

अर्का प्रत्यक्षदर्शीले डेलीमेलसँग भने ‘त्यो दृश्य निकै डरलाग्दो थियो ।’ उनी करिब २० मिनेटसम्म त्यहाँ फसेको उनले बताए ।

‘म निश्चित छु ती युवा नेपाली थिए र मैले थाहा पाएअनुसार उनी आफ्नो परिवारसँग थिए’ उनले भने ‘ नियमित जाँचपछि उनीहरु साथमै गए ।’ ती युवा हिँडेरै गएकोले उनी ठिक रहेको आफूलाई लागेको समेत उनले बताएका छन् ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७