समाचार

कास्कीमा लकडाउनको नयाँ मोडल खोजिँदै…

कास्कीमा लकडाउनको नयाँ मोडल खोजिँदै…

कास्कीमा निषेधाज्ञाको समयावधि थप गर्ने या अन्त्य गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे सकिँदै छ । निषेधाज्ञाको पहिलो दिनमा १ सय १०, बिहीबार ६३ र शुक्रबार ११४ जना कारबाहीमा परेका थिए ।

‘भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बसि सकेपछि १/२ बजेतिर जिल्लामा बैठक बसेर टुंगामा पुग्छौं ।’

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । आइतबार बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक पछि जिल्लामा छलफल हुने उनले बताए । ‘के गर्ने भन्ने विषयमा छलफल गर्दै छौं । आज पनि बैठक बसियो,’ उनले भने, ‘भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बसि सकेपछि १/२ बजेतिर जिल्लामा बैठक बसेर टुंगामा पुग्छौं ।’

‘जहाँ जहाँ खतरा बढी छ त्यसलाई कसरी सिल गरेर जाने ? सिल मात्रै गरेर पनि भएन निकास पनि खोजेर जानु प¥यो । त्यही बारेमा हामीले हेर्दै छौं । छलफल गर्दैै छौं,’

मेयर जीसीले निषेधाज्ञाको समयावधि थप्नु मात्रै समस्याको समाधान नभएको धारणा राखे । उनले निषेधाज्ञाको समयावधि थप्ने भन्दा पनि यसको नयाँ मोडालिटीबारे छलफल भई रहेको जानकारी दिए । ‘थप्नु मात्रै समस्याको समाधान हो र ? कसरी तयार पारेर जाने भनेर छलफल गरि रहेको छौं ।

पहिलो कुरा त नागरिकहरु नै स्वअनुशासनमा हुनु प¥यो,’ उनले भने, ‘अर्काले भन्दिएर पनि हुँदैन । गराइ दिएर पनि हुँदैन । कहाँबाट आउँछ कताबाट जान्छ यो त थाहै छैन ।’ आफ्नो सुरक्षाको लागि नागरिक आफैं जवाफदेही बन्नु पर्ने उनको तर्क छ ।

निषेधाज्ञाको नयाँ मोडालिटीमा संक्रमितको संख्या बढी भएको ठाउँलाई सिल गरेर जान सकिने उनले सुनाए । ‘जहाँ जहाँ खतरा बढी छ त्यसलाई कसरी सिल गरेर जाने ? सिल मात्रै गरेर पनि भएन निकास पनि खोजेर जानु प¥यो । त्यही बारेमा हामीले हेर्दै छौं । छलफल गर्दैै छौं,’ उनले भने ।

‘सार्वजनिक बस चलाउँदा पनि अलि बढी भीडभाड नै हुन्छ । यसलाई तत्काल नचलाउने कि भन्ने पनि छ,’

भीडबाटै संक्रमण फैलिने त्रास भएको हुँदा भीड कम गर्ने उपायबारे बैठकमा छलफल भएको उनले जानकारी दिए । मान्छेमा ट्रान्सफर भएर जाने भएको कारणले भीड कम गर्ने उपायबारे विभिन्न क्षेत्रका मान्छेहरुसँग छलफलमा जुटी रहेका उनले बताए ।

सार्वजनिक स्थानहरुमा भीड कम गर्नको लागि नाकाहरुमा थप कडाई गर्ने साथै सार्वजनिक यातायात पनि तत्कालको लागि सञ्चालनमा नल्याएर अघि बढ्न सकिने विषयमा छलफल भई रहेको उनले सुनाए । ‘सार्वजनिक बस चलाउँदा पनि अलि बढी भीडभाड नै हुन्छ । यसलाई तत्काल नचलाउने कि भन्ने पनि छ,’ उनले भने ।

‘कन्ट्याक्ट ट्रेसिङमा अलि कम भएको छ अहिले । मान्छेहरुको चहल पहल नै कम भएपछि त कन्ट्याक्ट ट्रेसिङ पनि अलि कम हुने भो,’ उनले भने, ‘अहिलेको रिजल्ट पत्ता लगाउन एकहप्ता दश दिन हेर्नुपर्छ । ढोका बन्द गर्दा आएन । ढोका खोल्दा फेरि आउन पनि सक्छ । ढोका सबै बन्द गर्न सकिन्न फेरि ।’

महानगरमा शनिबार स्वास्थ्यकर्मीसँग छलफल भएको थियो । भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बस्ने र दिउँसो जिल्लामा जिल्ला प्रशासनमा छलफल हुने छ । त्यसपछि निषेधाज्ञाको नयाँ मोडालिटीबारे टुंगोमा पुगिने उनले सुनाए ।

निषेधाज्ञाकै कारण भीडभाडमा कम भएर कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरुको संख्यामा कमी आए पनि निषेधाज्ञाको रिजल्ट हप्ता दश दिन भित्रमा देखिने मेयर जीसीले बताए । ‘कन्ट्याक्ट ट्रेसिङमा अलि कम भएको छ अहिले । मान्छेहरुको चहल पहल नै कम भएपछि त कन्ट्याक्ट ट्रेसिङ पनि अलि कम हुने भो,’ उनले भने, ‘अहिलेको रिजल्ट पत्ता लगाउन एकहप्ता दश दिन हेर्नुपर्छ । ढोका बन्द गर्दा आएन । ढोका खोल्दा फेरि आउन पनि सक्छ । ढोका सबै बन्द गर्न सकिन्न फेरि ।’

‘डिस्चार्ज हुने क्रम पनि चलि रहेको छ । संक्रमित पनि थपिई रहेका छन् । एड्ज्याक्ट भन्न सकिन्न करिब सयको हाराहारिमा एक्टिभ केस छ,’ उनले भने, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट डिस्चार्ज हुनु हुँदै छ । यसले संख्यामा थपघट हुन सक्छ । तर, १ सयको हाराहारिमा एक्टिभ केस छ ।’

‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट डिस्चार्ज हुनु हुँदै छ । यसले संख्यामा थपघट हुन सक्छ । तर, १ सयको हाराहारिमा एक्टिभ केस छ ।’

पछिल्लो अपडेट हेर्दा कास्कीको संक्रमितको दर पनि बढ्दो मात्रामा छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुरामा आचार्याले पनि संक्रमणको दर बढ्दो अवस्थामा रहेको बताए । पछिल्लो अपडेटअनुसार कास्कीमा संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ ।

एक्टिभ केस १०५ जना रहेको छ । ‘डिस्चार्ज हुने क्रम पनि चलि रहेको छ । संक्रमित पनि थपिई रहेका छन् । एड्ज्याक्ट भन्न सकिन्न करिब सयको हाराहारिमा एक्टिभ केस छ,’ उनले भने, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट डिस्चार्ज हुनु हुँदै छ । यसले संख्यामा थपघट हुन सक्छ । तर, १ सयको हाराहारिमा एक्टिभ केस छ ।’ जिल्ला पशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सबैको राय, सल्लाह अनुसार आइतबार टुंगामो पुगिने जानकारी दिए ।

निषेधाज्ञाको पूर्ण पालनः कास्कीमा निषेधाज्ञाको कडाईका साथ पालना भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाह हमालले कडाईका साथ पालना भइरहेको बताए । लकडाउनको समयमा विभिन्न बहाना बनाएर हिँडडुल गरेको पाइए पनि निषेधाज्ञा पूर्ण रुपमा पालना भएको उनले बताए । निषेधाज्ञाको पहिलो दिनमा १ सय १०, बिहीबार ६३ र शुक्रबार ११४ जना कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७