धर्म/ संस्कृति

बलिउड अभिनेता जोन अब्राहम गोर्खाली बन्दै

बलिउड अभिनेता जोन अब्राहम गोर्खाली बन्दै

मुम्बइ- बलिउडमा गोर्खालीको कथामा सिनेमा बन्ने भएको छ । उक्त फिल्ममा अभिनेता जोन अब्राहम गोर्खाली बन्ने भएका छन् । निखिल आडवाणीको निर्माण गर्न लागेको फिल्म ‘गोरखा’मा जोनले गोर्खाली सैनिकको भूमिका निर्वाह गर्न लागेका हुन् ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा आधारित रहेर फिल्मको कथावस्तुका बारे भारतको रक्षा मन्त्रालयलाई जानकारी गराइसकेको बताइएको छ । फिल्म निर्माणसँग सम्बन्धित एक अधिकारीका अनुसार रक्षा मन्त्रालयको अनुमति लिनको लागि सबै औपचारिक काम पूरा भइसकेको छ ।

फिल्ममा जुन तरिकाले गोर्खा रेजिमेन्टलाई देखाइनेछ त्यसमा रक्षा मन्त्रालयको कुनै आपत्ति नहुने स्वीकृति प्राप्त भएपछि फिल्म निर्माण सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७