विशेष सामाग्री

महात्मा गान्धीको चस्मा ४ करोडमा विक्री, कसले किन्यो ?

महात्मा गान्धीको चस्मा ४ करोडमा विक्री, कसले किन्यो ?

भारतीय स्वतन्‍त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ ।

बेलायती लिलाम गर्ने एक कम्पनीले गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका जानकारी दिएको थियो।

बीबीसीमा प्रकाशित समाचार अनुसार उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर रहेको थियो । चस्माको स्वामित्व ब्रिस्टलको म्यानगस्ट्सफील्डका एक वयोवृद्धसँग थियो । उनले लिलामीबाट यति ठूलो रकम आउनसक्ने अनुमान नै नगरेको बताइन्छ ।

लिलामीमा राख्ने व्यक्तिले काम नलाग्‍ने भन्दै फालिदिन पनि खोजेका थिए । तर अकल्पनीय रकम आउने भएपछि उनले यो चस्माबाट आउने रकम छोरीसँग बाँड्ने प्रतिक्रिया दिए ।

एउटा पत्रमन्जुसामा चस्मा भेटिएको र उक्त चस्माबारे खोजी तथा परीक्षण गरिएको बताइएको छ । चस्मा पुरानो र सुनको जलप लगाइएको भेटिएपछि पनि उक्त चस्मा गान्धीको भएको यकिन भएको साथै चिठीको खामभित्र भेटिएको उक्त चस्मासँगै गान्धीको चस्मा भएको व्यहोराको पत्र समेत भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७