मनोरञ्जन

तीजमा राताे साडीमा धपक्क बलेकि श्वेता (फोटो फिचर)

तीजमा राताे साडीमा धपक्क बलेकि श्वेता (फोटो फिचर)

हिन्दू नारीहरूको महत्त्वपूर्ण चाड तीज हाे । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् अविवाहितले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीजमा वर्त बस्ने चलन छ ।

गत वर्षमा केहि महिना दिन पहिलै अगावैदेखि शहर बजारमा चहलपहल हुन्थ्यो । तर, यसपालि भने कोरोनाको त्रासले तीजको खासै रौनक भने छैन । समुहमा भेला भएर मनाइने तीज चाड पर्व भने याे बर्ष निषेधाज्ञाका कारण घर वा कोठाभित्र खुम्चिएर मनाउनु पर्ने बाध्यता छ ।

वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको नि धन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो

नेपाली फिल्मी क्षेत्रमा अविवाहित वा विवाहित अभिनेत्रीहरु यसपाली कोरोनाका कारण घरभित्रै बसेर तीज मनाउँदैछन् । यसपटक खुलेर तीज रमाउन नपाएकाे बताउछन् । त्यसैगरि केही दिनयता अभिनेत्रीहरुले रातो रंगको साडी लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट्याउँदै तीजलाई स्वागत गरेका छन् ।

अभिनेत्री श्वेता खड्काले बुधवार साँझ इन्स्टाग्राममा रातो साडी लगाएर खिचेका केही तस्विर शेयर गरेकी छन् । राताे साडीमा उनी धपक्क बेलेकी छिन् ।

वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको नि धन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन निकै नै धेरै बेर लागेकाे थियाे । नायिका श्वेता भने तीन वर्ष फिल्म अभिनयबाट समेत टाढा रहेकि थिइन् ।

तर नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् । पछिल्लाे समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् । यसैक्रममा उनले महिलाकाे महान चाँड तीजमा शेयर गरेका केहि तस्विर हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७