समाचार

टर्कीकी यी महिलालाई आमिर खानले भेटेपछि भारतमा लफडा

टर्कीकी यी महिलालाई आमिर खानले भेटेपछि भारतमा लफडा

टर्कीमा भारतीय अभिनेता आमिर खानको एक भेटले भारतमा निकै बवन्डर भएको छ । १५ अगस्टमा टर्कीकी प्रथम महिला एमी अर्दोनानले ट्वीटरमाफर्त सार्वजनिक गरेका तस्वीहरुका कारण भारतमा आमिर खानको निकै आलोचना भइरहेको छ।

एमी आर्दोनन टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानकी श्रीमती हुन्। उनले ट्वीटरमा संसारका चिरपरिचत फिल्म निर्माता, निर्देशक र अभिनेता आमिर खानसँग भेटेकोमा खुशी व्यक्त गरेकी छन्।

यो भेटले सामाजिक सञ्जालमा आमिर ट्रोल भइरहेका छन्। यसको एक कारण हो भारत र टर्कीबीचको सम्बन्ध। मुस्लिम बहुल टर्की भारतभन्दा पाकिस्तानको समर्थन गर्छ। टर्कीका राष्ट्रपति अर्दोनानले धेरैपटक भारत विरोधी अभिव्यक्ति दिएका छन्। त्यसैले भारतीयहरु अर्दोनानलाई दुश्मन मान्छन्।त्यसैले पनि आमिर खानको यो भेटलाई भारतमा आलोचना गरिएको हो।

आमिर खानको भेटलाई लिएर भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले निकै आलोचना गरिरहेका छन्। उता भारतीय काँग्रेसका नेताहरुले भने कुनै मानिससँगको भेटलाई लेएिर कुनै कलाकारको विरोध गर्नु उचित नभएको बताएका छन्।

खान फिल्म लाल सिंह चढ्ढाकाे सुटिंगका लागि टर्की पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७