समाचार

बिवाह भएको २२ महिनासम्म पनि श्रीमतीले सम्बन्ध राख्न नदिएपछि…

बिवाह भएको २२ महिनासम्म पनि श्रीमतीले सम्बन्ध राख्न नदिएपछि…

मनिनगर, अहमदाबादकी ३२ वर्षीया गीता परमारको २२ महिना अघि सुरेन्द्र सिंहसँग विवाह भएको थियो । भारतकाे गुजरातको अहमदाबादमा सुरेन्द्रले आफ्नी पत्नीसँग हैरान भएर यस संसारबाट विदा लिएका हुन् । यस घटनापछि सासुले आफ्नी बुहारी विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै सम्बन्ध छैन

सासु मुल्ली परमारले भन्छिन् कि उनले विवाह गरेको २२ महिनाको अवधिमा गीताले सुरेन्द्र सिंहसँग शारीरिक सुखभोग राख्न मानिन् । सुरेन्द्र सिंह पत्नीको यस व्यवहारले धेरै तनावग्रस्त थिए । त्यसैले उनले जीवन त्याग गरे ।

उनकी सासुले एफआईआरमा बताइन् कि उनी घर गए पनि उनले दुबैलाई छुट्टै सु’तिरहेको देखेकी थिइन् । सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै सम्बन्ध छैन । छोराले आमासँग गीताले आफुसँग नसुत्ने शपथ खाएको बताएका थिए ।

सुरेन्द्र सिंह एक रेल कर्मचारी थिए भनिएको छ । अक्टोबर २०१८ मा उनले गीतासँग बिहे गरेका थिए । यस अघि उनको २०१६ मा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । यता, गीताले पनि सुरेन्द्रसँग बिहे गर्नुभन्दा अघि दुई जनासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

२७ जुलाईमा परिवारका सदस्य सबै एक छिमेकीको अन्त्येष्टिमा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेकाे मौकामा पंखाको सहयोगमा उनी यो संसार छोड्न वाध्य भए

सुरेन्द्र सिंहलाई विवाह भएको २२ महिना पछि पनि शारीरिक सुखभोग राख्न नपाउँदा तनाव भएको थियो । पछि, ती दुईबीच झगडा पनि भयो । गीता घर छोडेर आफ्ना बाबुआमाको घरमा गइन् । २७ जुलाईमा परिवारका सदस्य सबै एक छिमेकीको अन्त्येष्टिमा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेका थिए । यही मौकामा पंखाको सहयोगमा उनी यो संसार छोड्न वाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७