मनोरञ्जन

धेरैसँग माया गाँसेकी पनि छु: गायिका लक्ष्मी आचार्य

धेरैसँग माया गाँसेकी पनि छु: गायिका लक्ष्मी आचार्य

गायिका लक्ष्मी आचार्य नेपाली गित सँगितको चर्चित नाम हो । लक्ष्मी आचार्य बिभिन्न कारणहरुले चर्चामा रहन्छिन् । केहि बर्ष पहिला उनले सार्वजनिक गरेको दुई गीत मस्त जवानी र भिटामिनले निकै चर्चा कमाएकाे थियाे ।

त्यसपछि उनि गीतको सफलताले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनिन् । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्राय गीतको भिडियोमा आफै मोडलिङ गर्ने रुचाउछिन ।

गायिका आचार्य बिगत १० बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी छन् । सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन् । आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आचार्य स्टेज कार्यक्रमका लागि डान्सिङ बिटको गीत अनिवार्य रहेको बताउँछिन् ।

दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले केही चर्चित लोकदोहोरी एल्बम समेत श्रोतालाई दिएकी छन् । नजिक नजिक सछर्न् तीन साल अमेरीका यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो उनका दोही गीतका भाका हुन् । उनले गतबर्ष फुंगालेर माईती देश भन्ने तीज गीत पनि निकालेकी थिइन् । जसले राम्रै चर्चा पाएको थियो ।

उनै गायिकालाई एक अनलाइनले सोधेको प्रश्नमा माया त धेरैसँग गाँसेकी छु भन्ने जवाफ दिएकी थिइन । प्रेम त पक्कै परेको होला भनेर प्रश्नमा उनले छैन नि भनिन् । यो बिषयले निकै चर्चा समेत पायो । यसका साथै उनका बोल्ड फोटोशुटले पनि निकै चर्चा पाएको थियो ।

जीवनसाथीको रुपमा गरिने प्रेम कसैसँग गरेकी छैन । मन मिल्ने भेटेकी पनि छैन । अहिले करियर निर्माणको दौडमा छु । त्यसैले प्रेममा अल्झिन चाँहन्न । कलाकारले दर्शकसँग गर्ने माया धेरैसँग गाँसेकी छु । भन्ने जवाफ दिएकी छिन ।

उनको फुंगालेर माईती देश यहाँ हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७