मनोरञ्जन

बलिउडका यी प्रेमिल ४ जाेडिः जसकाे प्रेम भयाे तर विवाह भएन

बलिउडका यी प्रेमिल ४ जाेडिः जसकाे प्रेम भयाे तर विवाह भएन

हामिले भनिन्छ नि, भाग्यमा जे लेखिएको छ त्यही हुने रहेछ भनेर । त्यस्तै, बलिउड सेलिब्रेटिहरुको जीवन सेतो कपडा जस्तै हो, अलिकति केहि गडबडी भयाे भने इस्प्रष्ट देखिन्छ । बलिउडमा यस्ता धेरै सेलिब्रेटिहरु छन् जसको अफेयर चलेर विवाह हुने पनि कुरा भयो ।

तर, केहि कारणले गर्दा विवाह भएन । कतिको सम्बन्ध त इन्गजमेन्टसम्म पनि पुगेकाे थियाे । तर, उनीहरुको विवाह भने इन्गजमेन्टसम्म पुग्दा समेत हुन सकेन । विवाह टुटेका बलिउड सेलिब्रेटि यी हुन् । ।

रवीना टंडन र अक्षय कुमार

रवीना टंडन र अक्षय कुमारले फिल्म ‘मोहरा’ मा सँगै काम गरेका थिए । फिल्मले निकै सफलता पाएपछि उनीहरु एकअामपसमा नजिकिएका थिए । उनीहरु दुईबीच तीन वर्षसम्म अफेयर चलिरहेकाे थियाे । एक अन्तर्वातामा रवीनाले आफूले अक्षयसँग गोप्यरुपमा इन्गेजमेन्ट गरिसकेको बताएकी छिन् ।

अक्षयले उक्त कुरा अरुलाई थाहा भएमा आफ्नो लाकप्रियता कम हुँदै जाने भनेर गोप्य राख्न भनेका थिए । दुबैको सम्बन्ध विवाहसम्म पुग्न लागेको थियो । तर अचानक यसै समय अक्षयको जीवनमा शिल्पा सेट्टि को आगमन भएका कारण अक्षय र रबीना अलग्गिए । अक्षयले रबीनासँगै शिल्पालाई पनि डेट गरेको खुलसा भएकाे थियाे, तरपछि अक्षयले ट्वींकल खन्ना र रबीनाले बिजनेसमेन अनिल थडानीसँग विवाह गरे ।

अभिषेक वच्च्न र करिश्मा कपूर

अभिषेककी बहिनी स्वेताको विवाहपछि करिश्मा कपूर र अभिषेक वच्च्नबीच प्रेम हुन थालेकाे थियाे । स्वेताको विवाह करिश्माकी फुपुकी छोरासँग भएको हाे र त्यही समय अभिषेकलाई उनको डेब्यु फिल्म ‘रिफ्युजी’ मा काम गर्ने मौका मिल्यो र त्यसपछि अभिनयक्रममा करिश्मा अभिषेकलाई भिनाजु भनेर बोलाउँने गर्थिइन् ।

अमिताभ वच्चनले केही समयपछि आफ्नो जन्मदिनमा करिश्मा र अभिषेकको विवाहको फैसला गरिदिएका थिए । करिश्मा त्यस समय करिश्मा टप हिरोइन भएको र अभिषेकको फिल्म फ्लप भइरहेका कारण करिश्माकी आमा बबितालाई अभिषेक मन पर्दैनथ्यो ।

बबितालाई अभिषेक आफ्नाो करियरमा सफल नहुने कुरामा शंका लागेकाे थियाे र यसैबिच करिश्माले पनि आमाको कुरा टार्न नसकेका कारण उनीहरुको विवाह हुन बाट राेकिएकाे थियाे ।

सलमान खान र संगीता बिजलानी

बलिउड अभिनेता सलमान खान र संगीता बिजलानी कुनै समय गम्भिर प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुकाे गाढा प्रेम सम्बन्ध विवाहमा पनि परिणत हुने पक्का समेत भइसकेकाे थियाे तर अचानक त्यही समय सलमानको जीवनमा सोमी अलीको आगमन भयो ।

त्यसपछि सलमान खान संगीतासँगको सम्बन्ध टाढिदैँ गयो । सलमान खानले एक अन्तर्वातामा बताएका छन् संगीतासँग उनको विवाहको कार्ड पनि छापिइसकेको थियो । तर, पछि केही कुरा नमिलेका कारण उनीहरुको विवाह टुटेकाे बताएका थिए ।

मल्लिका शेरावत र विजय सिंह

टिभी सो ‘द ब्याचलरेट इन्डिया मेरे ख्यालों की मल्लीका’ मा विजय सिंहलाई पार्टनरको रुपमा सन् २०१३ मा मल्लिका शेरावतले चुनेकी थिइन् । मल्लिकाले विजयसँग इन्गेजमेन्ट पनि गरिन् तर एक वर्ष पछि नै उनीसँग सम्बन्ध टुट्याे ।

मल्लिका भन्दा १२ वर्ष कान्छा विजयले एक अन्तर्वातामा मल्लिकासँग एक वर्षभित्र विवाह हुन पनि सक्ने र नहुन पनि सक्ने भन्ने कन्ट्राक्टमा हस्ताक्षर भएको बताएका थिए । मल्लिकाले एक वर्षको लागि लस एन्जलस बोलाउँदा विजय जान पाएनन् ।

केही महिनापछि उनीहरुबीचको उमेरको अन्तर धेरै भएकाले सम्बन्ध अघि बढ्न नसक्ने मल्ल्किाले बताइन् । अनन्त विवाह गर्छु भनेर उक्त सो मा गएका विजयको विवाह हुन सकेन । उनीहरुकाे उमेरका कारणले गर्दा बिहे राेकिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७