मनोरञ्जन

पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्माबीच मिलापत्र

पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्माबीच मिलापत्र

अन्ततमा नेपाली चर्चित नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भइसकेकाे छ । एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झगडा मिलापत्रमा टुंगिएको हो ।

नेपाल कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले नायिका र पत्रकारबीचको विवाद मिलाउन निकै प्रयास गरेका थिए । तर, सोही प्रयासले बिहीबार मिलाउने प्रयास सफल भएकाे छ ।

प्रकाश र पूजाबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका का.वा.अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

पत्रकार सुवेदीले भने आफूले बोलेका वाक्यले आत्मसम्मानमा चोट पुग्न गए माफी चाहन्छु भनेका थिए

सुवेदीलाई कारबाही गर्न भनी यसअघिका उजुरबाजुर सबै फिर्ता गर्ने सहमति भएको छ र अबदेखि एकले अर्कालाई गालीगलौज नगर्ने, कलाकार र पत्रकारबीच विवाद ल्याउने प्रयास नगर्नेलगायतका सहमति भएको छ ।

नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीले टेलिभिजनमा मुखले होइन, लिखित माफी माग्नुपर्ने अडान लिएकी थिइन् । पत्रकार सुवेदीले भने आफूले बोलेका वाक्यले आत्मसम्मानमा चोट पुग्न गए माफी चाहन्छु भनेका थिए । हालै पूजा र प्रकाशकाे सम्बन्ध भने राम्राे बनेकाे छ ।
-तस्विरः क्यानाडा नेपाल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७