मनोरञ्जन

सञ्जय दत्त र माधुरी दीक्षितको यस कारण टुटेको रहेछ सम्बन्ध

सञ्जय दत्त र माधुरी दीक्षितको यस कारण टुटेको रहेछ सम्बन्ध

बलिउड क्षेत्रमा निकै चर्चाका साथमा लोकप्रिय रहेकि अभिनेत्री माधुरी दीक्षित हुन् । उनी अहिले ५३ वर्षमा लागेकी छिन् । उनी अभिनयमा अब्बलका साथै पढाईमा पनि उत्तिकै तेज रहेकाी माधुरी १५ मे १९६७ मा जन्म लिएकि थिइन् ।

उनले माइक्रोबायोलोजी विषयमा अध्ययन गरेकी छिन् । फिल्म क्षेत्रमा आउने चाहाना नहुँदा नहुँदै पनि यस क्षेत्रमा आएकी माधुरीलाई १४ पटक फिल्म फेयरमा नोमिनेशन र ६ पटक जित हासिल भएको छ ।

उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रुपमा पनि परिचित छिन् । माधुरी नृत्यमा पोख्त भयानक डान्सर हुन् । उनकाे डान्स हेरेर धेरै युवाहरु फिदा हुने गरेका छन् । उनले फिल्म ‘हम आपके है कौन’ फिल्मको लागि उनले २.७ करोड लिएकी थिइन् । यस फिल्ममा सलमान खानले भन्दा बढी पैसा लिएकी थिइन् ।

करियरको पीक समयमा उनले डाक्टर नेनेसँग विवाह गरिन् र फिल्मि क्षेत्रबाट निकै टाढा रहेकि छिन् । उनको विवाहअघि बलिउड अभिनेता सञ्जय दत्तसँग उनकाे निकै गहिरो प्रेम रहेकाे थियो ।

त्यसपछि, भारतीय सञ्चार माध्यमका अनुसार माधुरी र सञ्जयले विवाह गर्ने योजना बनाए । तर, सञ्जय दत्त जेल गएपछि उनीहरूको सम्बन्ध टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७