अर्थ

फर्किएला त ‘भिआर’ बाइकको पुरानो बिरासत ?

फर्किएला त ‘भिआर’ बाइकको पुरानो बिरासत ?

आजभन्दा १ दशक अघिसम्म हाटफोर्ड र डर्ट बाइक पर्यायबाची शब्दजस्तै थिए । डर्ट बाइक भनेकै हाटफोर्ड हो भन्ने मान्यता थियो । त्यस समय बजारमा अन्य ब्रान्डका डर्ट बाइक प्रायः उपलव्ध थिएनन् ।

चिनियाँ ब्रान्डका एकाध बाइक भित्रिए पनि कमसल गुणस्तर र बिक्री पछिको सेवामा समस्याका कारण डर्ट बाइकको एकमात्र बिकल्प हाटफोर्ड नै थियो । डर्ट बाइक सेग्मेन्टमा दरिलो स्थान हासिल गर्न सफल यो ब्रान्डको यात्रा त्यसपछि भने बिस्तारै ओरालो लाग्न थाल्यो ।

सोही समय बजारमा भित्रिएका क्रस एक्स र क्रसफायर बाइकले हाटफोर्डका फ्यानहरु आफूतर्फ आकर्षित गर्न सफल

ताइवानी कम्पनी हाटफोर्डको भिआर मोडलका पुराना बाइक अहिलेपनि सडकमा कुदिरहेको देख्न सकिन्छ । त्यस समय नेपाली बजारमा इन्टरनेसनल मोटर्सले यसको कारोबार सफल रुपमा गर्दै आइरहेको थियो । बीचको केही समय यसको उत्पादनमा समस्या देखिएपछि बिकल्पका रुपमा अन्य नयाँ ब्रान्डका डर्ट बाइकहरु देखा पर्न थाले । सोही समय बजारमा भित्रिएका क्रस एक्स र क्रसफायर बाइकले हाटफोर्डका फ्यानहरु आफूतर्फ आकर्षित गर्न सफल भयो ।

नयाँ बाइक भित्रिन समस्या भएपछि बितरक कम्पनी इन्टरनेसनल मोटर्सले बिस्तारै स्पेयर पार्ट्स र सर्भिसमा कम ध्यान दिँदा केही समय यसको ब्रान्ड इमेजमै धक्का परेको थियो । पछि पुनः नयाँ लुक्स र डिजाइनका साथ नयाँ बाइक आएपनि बीचको समयमा कम्पनीले आफ्टर सेल्स सर्भिसमा ध्यान नदिएको मूल्य नयाँ मोडलमा चुका उनु परेको थियो ।

बाइक सेग्मेन्टमा अब्बल पहिचान बनाउन सफल यो ब्रान्डको हालसालै नयाँ वितरक नियुक्त

जसको परिणाम नयाँ मोडलले खासै बजार लिन सकेन भने क्रसफायर र क्रस एक्स जस्ता नयाँ मोडलले राइडर्सको बिश्वास जित्दै गयो । यो सेग्मेन्टमा होन्डा र यामाहाजस्ता कम्पनीहरु समेत आएपछि बजार प्रतिस्पर्धी बन्दै गयो र हाटफोर्डको पुरानो बिरासत कम-जोर हुँदै गयो ।

डर्ट बाइक सेग्मेन्टमा अब्बल पहिचान बनाउन सफल यो ब्रान्डको हालसालै नयाँ वितरक नियुक्त भएको छ । यससँगै यसले आर्जन गरेको पुरानो बिरासत पुनः फर्किने र डर्ट बाइक सेग्मेन्टमा बलियो पकड हाँसिल गर्ने नवनियुक्त वितरक इग्निसन अटोले विश्वास लिएको छ । बिक्री र बिक्री पछिको सेवामा उसले दिने जोडले नै भोलिका दिनमा यसको बजार निर्धारण गर्ने अनुमान लगाउन सकिन्छ । नेपाल अटोको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७