धर्म/ संस्कृति

बुधबारका दिन भगवान विष्णुको पुजा गर्दा मिल्नेछ यस्तो लाभ

बुधबारका दिन भगवान विष्णुको पुजा गर्दा मिल्नेछ यस्तो लाभ

हिन्दुधर्म शास्त्रका अनुसार बुध ग्रहलाई विष्णुको रुपमा मानिने चलन रहेकाे छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको बस्ने स्थान रहेको छ भनेर हामिले बिश्वास गरेका छाैँ ।

घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् । बुधबारको दिन पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिकाे उर्जा हुने गर्छ र त्यसबाबट हामिले पछि बुढेसकाबाट टाढा रहन समेत सकिन्छ । बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, त्वचाको कारक, बुद्धिको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को अवताारमा मानिन्छ ।

हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने त्यस्तै, बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने । बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने । नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने । १ बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७