मनोरञ्जन

‘बोल्डसिन’का कारण टुट्यो ७ वर्ष देखिको आशा र ऋतिकको प्रेम सम्बन्ध

‘बोल्डसिन’का कारण टुट्यो ७ वर्ष देखिको आशा र ऋतिकको प्रेम सम्बन्ध

पवित्र रिस्तामा पुर्बी देशमुखको भुमिका निवार्ह गरेर काम कमाएकी आशा नेगी भारतीय टेलिभिजनकी चर्चित नायिका हुन् । उनलाई आज पनि धेरैले पुर्बी भनेर चिन्ने गर्दछन् ।

उनी २०१३ देखि सँगै काम गर्ने को एक्टर रितिक धानजानी सँग प्रेम सम्बन्धमा छिन् । उनीहरु अवार्ड समारोह देखि लिएर विकइन्डमा समेत सँगै देखिन्छन् । उनीहरु टेलिभिजनको सबैभन्दा बेस्ट कपल मध्यका एक हुन् ।

अब उनी बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्। तर अहिले उनीहरुको ब्रेक-अपको हल्ला चलिरहेको छ । भारतिय मिडियाले आशाले वेवसिरिजमा दिएको ‘बोल्डसिन’ले ७ वर्ष देखि प्रेम सम्बन्ध टुटेको दाबि गरेका छन् । भारतीय अनलाईन पिंकभिल्लाले उनलाई सो विषयमा प्रश्न सोधेको थियो । उनले मुस्कुराउँदै भनिन्, “मानिस र सम्बन्ध आफ्नो ठाउँमा छ तर म उस्लाई माया नगरी बस्न सक्दिन ।”

“मैले मेरो सम्बन्धलाई धेरै नै पव्लिक गरे अब म मेरो सम्बन्धलाई पर्सनल बनाउन चाहन्छु ।” उनकाे याे उत्तरलाई डिपलाेमेटिक भन्दै उनीहरुले सम्बन्ध अन्त्य गरेकाे भारतीय मिडियाहरुले दाबी गरेका छन् । उनले डिजिटल माध्यमबाट आउने वारिसमा काम गरेर निकै चर्चा कमाइरहेकी छिन् । अब उनी बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् ।

उनी अनुराग बाँसुको लुडोमा अभिशेक बच्चन, आदित्य राय कपुर, राजकुमार राव, फतिमा साना सेख र सन्या मलहोत्रा सँगै देखिने छिन् । उनले केहि समय अगाडी लण्डनमा मस्ती गरिरहेकाे फाेटाे इन्टाग्राममा अपलाेड गरेकाे थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७