मुख्य समाचार

अब हामी माझ रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

अब हामी माझ रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले बताएको छ । राष्ट्रकवि घिमिरे केही महिनायता स्वास-प्रश्वासमा समस्याका कारण घरमै उपचाररत थिए ।

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७