मुख्य समाचार

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा

पोखरा पछि अब काठमाडौं उपत्यकामा पनि एक सातासम्म निषेधाज्ञा हुने भएको छ । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७